जेष्ठ ६, २०८१ आईतबार

झापाका १९ सहित प्रदेश १ मा ११२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुष, झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । प्रदेशमा शनिबार ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।

प्रदेशमा शनिबार १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]