बैशाख ३०, २०८१ आईतबार

झापामा कोभिड अस्पताल तयार

भद्रपुर – मेची प्रादेशिक अस्पताल भद्रपुरको निर्माणाधीन नयाँ भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको छ ।

केही समयअघि उक्त भवनमा कोभिड अस्पताल बनाउने कुरामा स्थानीयवासीले विरोध गरेका थिए । तर, उपयुक्त स्थान नभेटिएका कारण प्रादेशिक अस्पतालपूर्वको निर्माणधीन भवनलाई नै तत्कालका लागि कोभिड अस्पतालको रुपमा प्रयोग गर्न सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पिताम्वर ठाकुरले जानकारी दिए । ठाकुरले भने, ‘कोभिड अस्पताल बनाउन धेरै दबाब आयो, उपयुक्त स्थान कतै नभेटेपछि यही भवनलाई प्रयोग गर्ने निर्णय गरियो ।’

अस्पताल स्रोतका अनुसार निर्माणाधीन भवनका दुई वटा हल प्रयोग गरिने छ । जसमा ७५ शय्या राखिने छ । अस्पतालले २२ शय्याको आइसोलेनसन पनि सञ्चालन गर्दै आएको थियो । आइसोलेसनका बिरामीसमेत तत्काल कोभिड अस्पतालमा सारिने छ ।

कोभिड अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइने छ । डा। ठाकुरले तत्काल जनशक्ति समेत व्यवस्थापन गरी अस्पताल सुरु गरिने जनाए । कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पतालका लागि निर्माणाधीन भवन नै उपयुक्त ठानेर सञ्चालन गर्न लागिएको जनाए ।

झापामा कोरोना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । ४ सय २७ जना निको भएर फर्किएका छन् । १ सय ५१ जना उपचाररत छन् । त्यस्तै कोरोनाबाट झापामा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार  ११ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]