चैत्र १५, २०८० बिहीबार

प्रविधिमैत्री बन्दै कनकाई मावि

सिएम शर्मा

सुरुङ्गा । कनकाई माध्यमिक बिद्यालय सुरुङ्गा यतिबेला प्रविधिको दिशामा अग्रसर देखिएको छ । यसै बिच आईतबार बिद्यालय प्राङ्गणमा एक औपचारि कार्यक्रम गरि बिद्यालयमा कार्यरत ३६ शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ ।

नमूना बिद्यालय बिकास कार्यक्रमको पञ्चवर्षिय योजना अन्तर्गत तेस्रो बर्षमा अगाडि बडिरहदा शिक्षालाई प्रविधि मैत्री बनाएर विश्वव्यापी कोरोना महामारीका कारण शिक्षण सिकाई प्रक्रियामा देखा परेको चुनौतिलाई वैकल्पिक विधिको अनुसरणद्वारा सामना गर्ने , सूचना र सञ्चार प्रविधिको युगमा व्यक्ति आफुले शिक्षण सिकाइको क्षेत्रमा अध्यावधिक हुनुपर्ने देखिएकाले यसको पहुच हुने र नहुने शिक्षक बिचको खाडल पुर्ने , शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मनोरञ्जनात्मक शिक्षण गर्दै नवीनतम ज्ञानको संसारमा प्रवेश गर्ने , खुल्ला विश्वबिद्यालय कार्यक्रम मार्फत शैक्षिक अवसरहरुको वृद्धि गर्ने साथसाथै कनकाई नगरपालिकाले ल्याएको डिजिटल पालिकाको अवधारणालाई सार्थक बनाउन समेत सहयोग पुग्ने विश्वासका साथ शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको र यसलाई निरन्तरता दिदै जाने बिद्यालयका प्रधानाध्यापक कर्ण डाँगीले बताएका छन् ।

प्रविधिको प्रयोगले शिक्षक तथा कर्मचारीको कार्य दक्षतामा वृद्धि , जुम एप मार्फत पठनपाठना पालो गर्नुपर्ने व्यवस्थाको अन्त्य , सेतोपाटी विस्थापनको पूर्वाधार , पठन सामग्री तयारीमा परमुखापेक्षी बन्नु नपर्ने , प्रश्न निर्माण तथा गृहकार्य निर्माणमा सहजिकरण हुने , सुस्त श्रवणर बहिरा शिक्षक तथा कर्मचारीलाई दृश्य सामग्रीबाट बिषयवस्तुको जानकारीमा सहजिकरण हुने लगायत शिक्षण सिकाइका अन्य धेरै कुरामा सहयोग पुग्ने विस्वासका साथ प्रविधिको प्रयोगमा जोड दिएको र आगामी एक डेड बर्ष भित्रमा सवै शिक्षक कर्मचारीलाई ल्यापटप उपलब्ध गराइ सक्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष जनार्दन उप्रेतीले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शिक्षक र कर्मचारीलाई ल्यापटप हस्तान्तरण गर्दै कनकाई नगरलाई शैक्षिक हव बनाउने दिशामा लागिएको र कसरी त्यो सम्भव छ भन्नेमा कार्यविधि समेत बनाई सकिएको साथै यसको पाठ्यक्रम समेत तयार भैसकेको बताएका छन् ।

कनकाईनगरमा सामुदायिक स्तरबाट कनकाई प्राविधिक बिद्यालय ल्याएको र यो सँगसगै नगरले सबै सामुदायिक बिद्यालयलाई सहयोग गर्दै प्रविधिमा जोड्दै जाने पनि नगर प्रमुख पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  ३ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]