बैशाख २६, २०८१ बुधबार

झापाका १४ सहित थप १०६९ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १४ जना सहित पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

झापाको दमक ९, गौरीगञ्ज १ र बाह्रदशीमा ४ जनामा कोरोना पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४० हजार ५२९ जना पुगेको छ ।
मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका छन् ।

देशभर ७२८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]