बैशाख २५, २०८१ मंगलबार

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको कुल संख्या २३९

झापा। कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  ५ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]