बैशाख २५, २०८१ मंगलबार

बिर्तामोडमा एकैदिन ६ सय ५६ टेम्पो चालकको पिसिआर परीक्षण, रिपोट नदेखाई हिड्न नपाउने

बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले ऐतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ ।

यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताउनुभयो ।

टेम्पो चालकहरु धेरै जोखिममा छन् । यसर्थ नगरप्रमुख धु्रबकुमार शिबाकोटीको सोच अनुसार ठूलो संख्यामा उनीहरुको स्वाब संकलन गरेर पठाएका छौं, उहाँले भन्नुभयो ।
उता बिर्तामोडमा रहेका क्वारेन्टिनबाट दिइने सेवा पर्याप्त मात्रामा दिइएको छ । जसका कारण बिर्तामोड अरु पालिकाको तुलनामा केही सुरक्षित रहेको नगरप्रमुख शिबाकोटी बताउनुहुन्छ । उहाँले नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा गर्नुभयो ।

खासगरेर ती टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत हुने मानिसहरु पनि जोखिममा थिए । अब त्या कम हुने बिश्वास छ । किनभने अब चालकहरुले सवारीका साधन चलाउँदा पिसिआर रिपोर्ट अनिबार्य देखाउनुपर्ने छ ।

प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]