बैशाख २५, २०८१ मंगलबार

प्रसाई मार्केट बिर्तामोडका व्यवसायीद्वारा निषेधाज्ञा तोड्ने प्रयास , प्रहरीले रोक्यो

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निशेधाज्ञा गरेको बिर्तामोड –५ स्थित प्रसाई मार्केटका व्यापारीले पीसीआर रिपोट ढिलो आएको भन्दै निषेधाज्ञा तोडेर मार्केट खोल्ने प्रयास गरेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले सम्झाई बुझाई गरेर मार्केट नखोल्न आग्रह गरेको छ ।

निषेधाज्ञा गरिएको मार्केट जवरजस्ती खोलिएको सटर

बिहानैदेखि मार्केट अगाडि भेला भएका व्यवसायीले आफ्नो मार्केट बन्द गरेर अन्य मार्केट खोलिएकोमा चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पीसीआर रिपोट ढिलो आउँदा व्यवसाय प्रभावित भएको बताए । त्यहाँका व्यवसायीले आफ्ना ग्राहक अन्यत्रै गएको गुनासो समेत गरेका छन् । प्रहरीले रोक्दा रोक्दै केहि सटर खोलिएपनि तत्कालै बन्द गराइएको छ ।

उनीहरुले ९ दिनसम्म रिपोट नआए पछि आफ्ना ग्राहक अन्यत्रै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । पीसीआर रिपोटको नतिजा १६ गते आउने भनिएको थियो, तर प्राविधिक कारणले नआएको बुझिएको छ । बिर्तामोड नगरपालिका स्रोतका अनुसार आज रिपोट आउने संभावना छ ।
बिर्तामोड नगरपालिकाले शिल गरेको रत्न सुपर मार्केट र प्रसाई मार्केट जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेको थियो । जिल्ला प्रशासनले रिपोट र नगरको सूझाव अनुसार मार्केटमा निषेधाज्ञा थप समेत गर्न सक्ने व्यवस्था छ । रिपोट सबैको नेगेटिभ आएमा मात्र मार्केट खोल्न सकिने बताइएको छ ।

बिर्तामोड वाणिज्य संघका महासचिव प्रशान्त भण्डारीले कानुनी राज्यमा कानुनको परिपालना गर्नुपर्ने बताएका छन् । उनले व्यवसायी मारमा परेको कुरा सबैलाई जगजायर भएको बताए । महासचिव भण्डारीले पीसीआर रिपोट छिटो सार्वजनिक गरेर व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् । उनले व्यवसायीले संवेदनशील विषयमा धैर्यता कायम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]