बैशाख २६, २०८२ शुक्रबार

इलाम क्रिकेट संघमा पौडेल निर्वाचित

इलाम । जिल्ला क्रिकेट संघ इलामको बिशेष साधारण सभाले अर्जुन पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।


नवगठित समितिको उपाध्यक्षमा गणेश खतिवडा, सचिव महेश राई र कोषाध्यक्षमा टिकाराम पुरी रहेका छन् । यसैगरी सदस्यहरुमा डा. रामकृष्ण आचार्य, राजु कट्टेल, मुकेश चौधरी, कुमारी राई, हेमन्त राई, संजिव राई र राजिव श्रेष्ठ रहेका छन् ।


साधारणसभाले नेपाल क्रिकेट संघको केन्द्रीय प्रतिनिधिको रुपमा अर्जुन पौडेललाई चयन गरेको छ ।


यसैगरी साधारणसभा लगत्तै बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले ४ जना प्रदेश कमिटी चयन गर्नुको साथै ४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

संघको १ नं. प्रदेश प्रतिनिधिहरुमा मनबहादुर राई, गणेश खतिवडा, मिङमा डण्डु शेर्पा र टिकाराम पुरी सर्वसम्मतिले चयन भएका छन् । जिल्ला क्रिकेट संघको सल्लाहकारहरुमा नवराज शंकर, मनबहादुर राई, बिनोद खनाल र भुषान्त सुब्बा रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]