बैशाख ३०, २०८२ मंगलबार

राजीनामा दिदैं मन्त्री खतिवडा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले उक्त जानकारी गराएका हुन् । खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा आज साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।

मन्त्री खतिवडाको मन्त्री पदः भोलिबाट सकिँदैछ। खतिवडाले त्यसअघि नै राजीनामा दिन लागेका हुन्। गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी मन्त्री बनेका थिए। उनी मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ।

राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेको छ। यससँगै खतिवडा मन्त्रपरिषदबाट बिदा हुन लागेका हुन्।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]