बैशाख १३, २०८१ बिहीबार

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस: झापामा बढ्दो मानव बेचबिखन

उत्तम नेपाल

भद्रपुर । झापामा बर्षेनी मानब बेचबिखनको अवस्था भयावह पाइएको छ । यसको गतिविधिले समाज आक्रन्त देखिएको छ । झापाका मुख्य दुइ नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले छिमेकी भारतसँगै तेस्रो मुलुक लैजाने गरेका छन् ।

यस्ता अपराधिक कृयाकलाप रोक्न प्रहरी युनिट देखि अनेकौं एनजिओ,आइएनजिओ छरपष्ट देखिएका छन् तर ,चेलीबेटी बेचिने क्रम भने बढेर गएको छ । बिशेष गरी १८ देखि २४ वर्षसम्मका युवायुवती मानव बेचबिखनको उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । विगतमा चेलीबेटी बेचखिखन हुने गरेको पाइए पनि पछिल्लो समयमा मानव बेचबिखन नै हुन थालेको छ ।

झापामा जिल्ला प्रहरी,सानाहात ,माइती नेपाल र आफन्त नेपालले यसको निगरानी गरिरहेका छन् । यी निकायको तथ्याङ्कलाइ आधारमान्दा झापामा मानव बेचबिखन भयावह छ । माइती नेपालले आर्थिक वर्ष ०७५।७६ मा १ सय ३० जनालाइ नाकाबाट फर्काएर आफन्तकोमा बुझाएको छ । २४ जनालाइ भारतका विभिन्न स्थानबाट उद्दार गरी नेपाल ल्याएको प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी एक सय १४ जनाको उजुरी परेकोमा ३४ जना फेला पारिएको उहाँले बताउँनुभयो । त्यस्तै आर्थिक वर्ष ०७६।७७ मा १ सय ५७ जनालाइ उद्दार गरिएको र एकवटा मुद्दा दर्ता भएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक बर्ष ०७५।७६ मा अघिल्लो वर्षको तुलनामा भने केही घटेर १५ वटा दर्ता भएकोमा १९ पुरुष र ७ महिला गरी २६ जना पक्राउ परेको जिल्लाका डिएसपी राकेश थापाको भनाइ छ । १८ जनालाइ उद्दार गरिएको छ भने ३ पुरुष र एक महिला फरार रहेको उहाँले जनाउँनुभयो त्यसैगरी ०७६।७७ मा १३ पुरुष र बाँकी महिला गरी २२ जना पक्राउ परेका थिए । ११ वटा मुद्दा दर्तामा ९ वटा फछ्र्यौट भएको उनले बताए । चालु आर्थिक वर्षको हालसम्म मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सानाहात नेपालले ०७५।०७६ मा मानव बेचबिखनको जोखिममा परेका १५ बर्ष मुनिका ६ जनासहित ६४ जना पीडितहरुको उद्दार गरेको जनाएको छ । १५ जनाको हराएको निबेदन आएको र फेला परेको १० जना रहेका छन् । ६ वटा मुद्दा दर्ता गरिएको स्टेशन मेनेजर बिक्रम वाग्लेले बताउँनुभयो । त्यसैगरी ०७६।०७७मा बेचबिखनको जोखिममा परेका २ सय ९ जना पीडितहरुको उद्दार गरिएकामा पन्ध्रबर्ष मुनिका १३ जना रहेको उहाँको भनाइ छ । हराएको निबेदन सङ्ख्या ९ वटा रहेको छ भने हराएका ७ जना फेला परेको उहाँले जानकारी दिनुभयो ।

आफन्त नेपालले दुइ आर्थिक वर्षको अवधिमा ३ हजार ६ सय जनालाइ सूचना तथा परामर्श दिएको छ । संस्थाले १ सय ६ जनालाइ पारिवारिक पूर्नमिलन गरिएको बोर्डर इन्चार्ज मातृका गुरुङ्ले बताए । मानबबेचबिखनमा १० वटा मुद्दा दर्ता भएकोमा ६ जना कारागार गएको र बाँकी फरार रहेको उनले जनाए । प्रहरीको सहयोगमा १ सय ५८ जनालाइ उद्दार गरिएको उनले बताए ।

कसरी हुन्छ मानव बेचबिखन?

मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज , प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण , शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ ।

भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतिक अस्थिरता,बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेका छन् । चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन् । मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५मा कानूनी व्यवस्था उल्लेख गरिएको छ ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]