बैशाख १३, २०८१ बिहीबार

कनकाईमा कोरोना भयावह, समुदायका थप १३ जनामा पुष्टि

बिर्तामोड । समुदायमा फैलिएर नियन्त्रणभन्दा बाहिर गईसकेको कनकाई नगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई ३ मा केहिदिन अघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको उनको घर तथा गाउँमा थप चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । जसमा महिला ५ जना र पुरुष ४ जना रहेका छन ।

यता, कनकाई ७ मा कनकाई नगरपालिकाका एक जना सवारी चालक र बाँकी उनकै छिमेकीहरुमा कोरोना पुष्टि भएको हो । कनकाई नगरपालिकामा यो सँगै कोरोना संक्रमितको संख्या ५० नजिक पुगिसकेको छ , भने एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ । कनकाई नगरपालिकाको हिजो थप ४५ जनाको पिसिआर चेक गरिएको छ भने आज पनि कनकाई ३ मा पिसिआरका लागि स्वांव लिने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]