जेष्ठ ६, २०८१ आईतबार

प्रदेश १ मा एक लाखको कोरोना परीक्षण

बिर्तामोड । प्रदेश नं १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट दुई हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण सम्पन्न भएको छ ।

प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएकामध्ये दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको छ ।

प्रदेशमा अहिले चार प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेशमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]