बैशाख १९, २०८१ बुधबार

पाथिभरा कालिका सामुदायिक वनमा रक्षक नै भक्षक भएपछि

झापा – जलथलको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका सदस्यले नै बहुमुल्य सखुवाको लाथ्रा काट्दा पनि कार्वाही नहुने अवस्था देखिएको छ । समितिका सदस्य विजय सुब्बाले बहुमुल्य सखुवाको लाथ्रा काटेपछि वन डिभिजन कार्यालय झापाले कार्वाहीका लागि पक्राउ गरेको थियो । तर, नेताको प्रेसरमा उपभोक्ता समुहले नै कार्वाही गर्ने बताएर समितिका अध्यक्ष किरण पौडेललाई जिम्मा लगाइएको छ ।

‘हामीले सखुवाको लाथ्रा काटेपछि विजय सुब्बालाई पक्राउ गरेका थियौं’, डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भन्नुभयो, ‘समुहलाई नै कार्वाही गर्न जिम्मा लगाएका छौं । समितिको निर्णयमा चित्त नबुझे फेरि हामीले पनि कार्वाही गर्न सक्छौं ।’ वन कार्यालयले कार्वाही गर्न वन समुहलाई नै जिम्मा दिने घटना कमै मात्र सुन्न पाइन्छ ।

वन समितिका अध्यक्ष किरण पौडेलले ‘बुद्धि विग्रिएर एक पटक गल्ती गरेँ भनेपछि वन कार्यालयले सुध्रिने मौका’ दिएको बताउनुभयो । उहाँले आफैंले सुब्बालाई बुझेर ल्याएको जानकारी दिनुभयो । तर, स्थानीय बासिन्दाले भने सुब्बा पटक–पटक वन विनासका काममा सक्रिय हुने गरेको दाबी गरेका छन् ।

एकातिर उपभोक्ता समितिका सदस्य नै वन विनासमा उद्धत देखिएका छन् भने अर्कातिर वन कार्यालय पनि आफुले पक्राउ गरेका वन विनास गर्ने व्यक्तिलाई कार्वाही गर्न उपभोक्ता समितितिर नै पठाउने काममा देखिएको छ । के सर्वसाधारण उपभोक्ताले सखुवाको लाथ्रा काटे कार्वाहीका लागि वनले समितिलाई नै पठाउने काम गर्ला ? प्रश्न अनुत्तरित बनेको छ । रक्षक नै भक्षकको साथमा भएपछि कसको के लाग्छ र ?

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]