बैशाख ८, २०८१ शनिबार

कनकाईमा एकै घरका ११ जनामा कोरोना संक्रमण पुष्टि

कनकाई – पछिल्लो समय समुदायमा फैलिएर उग्ररुप लिएको कोरोनाले कनकाईमा कोरोना कहर एक घरमा नराम्ररी फैलिएको छ । कनकाई ३ को एक घरमा घरका सबै सदस्य ११ जनामा कोरोना संक्रमण फैलिएको छ । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सुचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताउँनुभयो ।

उक्त घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई ३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने हालपनि पछिल्लोचोटी दुई दिनसम्म लगिएको स्वांवको रिर्पोट आउन बाकी छ ।

हाल कनकाई नगरपालिकाको सबै स्वांव कोटीहोमस्थित पिसिआर मेशिनमा चेक गरिएको कारण रिर्पोट आउन ढिलाई भएको हो । कनकाईमै चेक गरेपनि त्यसलाई पुन चेकका लागि स्वांव धरान पनि पठाउनुपर्ने हुदा परिक्षणको रिर्पोट आउन ढिलाई भइरहेको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ । रिर्पोट आउन ढिलाई भएपनि स्वांव लिइएकाहरुलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य साखाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]