लकडाउनमै धौलागिरी पारिजातको दुई शाखा विस्तार
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउदेश्यीय सहकारी संस्था लि. ले दुई ठाउँमा शाखा विस्तार गरेको छ । लकडाउनको समयमा दुई ठाउँ शाखा विस्तार गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अब दुवै शाखाबाट सम्पूर्ण वित्तीय कारोवार हुनेछ ।

धौलागिरी पारिजातले अर्जुनधारा–६ को लक्ष्मीपुर र बुद्धशान्तिको बुधबारे बजारमा शाखा विस्तार गरेको संस्थाका कार्यसमिति सदस्य शुसिल दाहालले जानकारी दिए । लक्ष्मीपुर शाखाको कोपिला चौहान र बुधबारे शाखाको गायत्री भट्टराईले नेतृत्व गर्ने छन् । उनीहरुलाई केन्द्रीय कार्यालयले शाखा प्रमुखको जिम्मेवारीमा खटाएको छ ।
संस्थाले यो सँगै ४ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । यसअघि गोल्धाप र जयपुरमा सेवा प्रवाह गर्दै आएको थियो । ०६४ सालमा स्थापना भएको संस्था जिल्लाको उत्कृष्ट सहकारीको रुपमा स्थापित भइसकेको छ ।