बैशाख ३०, २०८२ मंगलबार

अब झापा कांग्रेसको बागडोर कसले समाल्ला ?

बिर्तामोड । नेपाली कांग्रेसको महाधिवेशन फागुमा हुने नहुने टुङ्गो छैन । तर, देशभर नेपाली कांग्रेसलाई चुनाव लागेको छ ।

कोरोनाको महामारी र अन्य तयारी अभावले नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुन नसक्ने गरी बहस शुरु भइसकेको छ । यसरी झापामा पनि नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भन्दा जिल्ला नेतृत्वको विषयमा चर्चा शुरु भइसक्यो ।

नेपाली कांग्रेस झापाको नेतृत्वका लागि लविङ थालेका समूहहरु आ–आफ्नै गुटका नेतालाई नेतृत्वमा स्थापित गर्न दौडधुप गरिरहेका छन् । जिल्लामा यो पटक कृष्ण सिटौला र विश्वप्रकाश शर्माको खेमा भिड्ने देखिन्छ । झापामा सिटौला खेमा बलियो भए पनि शेर बहादुर देउवा लाइनबाट शर्मा समूहले राम्रै टक्कर गर्ने कांग्रेस बृत्तका नेताहरु बताउछन् ।

झापा कांग्रेसको अबको नेतृत्व सभापतिका लागि मात्र नभई आउदो तिनै तहको निर्वाचनका गुमेको साख व्यूँउताउने नेतृत्व कार्यकर्ताले खोजि गरेका छन् । पछिल्लो समय जिल्ला सभापतिमा राजेन्द्र घिमिरे, प्रेस सम्बाहाम्फे, सुधिर शिवाकोटी, देउमान थेवे, केशव पाण्डे,राम कट्टेल र लोकराज ढकालको नाम चर्चामा छ ।

माथिका नाम मध्ये सभापतिमा देउमान थेवे, राम कट्टेल र प्रेम सम्बाहाम्फे चर्चाको शिखरमा रहेका उम्मेद्वार हुन् । थेवे सिटौला लाइनबाट उम्मेद्वार बन्दैछन् भने प्रेम सम्बाहाम्फे शर्मा प्यानलबाट उम्मेद्वार बन्ने तयारीमा छन् । झापामा देउवा समूह नेतृत्व गर्ने शर्मा प्यानलबाट राजेन्द्र घिमिरे, केशव पाण्डे, लोकराज ढकाल उम्मेद्वार बन्दैछन् ।

घिमिरे राष्ट्रियसभामा केहि समयअघि पराजित भएका थिए । कट्टेल झापा कांग्रेसका इमान्दार नेता मानिन्छन् । उनी पार्टीका उपसभापति हुन् । यस्तै शिवाकोटी संविधान सभा सदस्य साथै पूर्व सभापति समेत हुन् । थेवे महासमिति सदस्य एवम् पूर्व उपसभापति हुन् ।

झापाको नेतृत्वका लागि सिटौला प्यानललाई सहयोग गरेर आफु महामन्त्रीमा सिटौलाको सहयोग लिने विश्वप्रकासको योजना रहेको नेताहरु बताउँछन् । केन्द्रमा सिटौलाको सहयोग लिने दाउमा जिल्ला नेतृत्व सिटौलाकै कित्तामा जाने अनुमान गरिएको छ । झापा कांग्रेसको बागडोर समाल्न सिटौला खेमाले नपाए शर्मालाई महामन्त्रीमा धक्का लाग्न सक्ने कांग्रेस वृत्तले अनुमान लगाएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]