बैशाख १३, २०८१ बिहीबार

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको भोलि बस्ने बैठकको तयारी पूरा भएको छ । बैठकका लागि आवश्यक गृहकार्य सकिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्ययनका लागि तयार पारिएको प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ । अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्नुहुने जानकारी महासचिव पौडेलले दिनुभयो ।
अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीका सदस्यलाई पठाउनुभएको प्रस्तावमा पार्टी एकताको महìवलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् । त्यस्तै एकताको राष्ट्रि«य महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

नेपालको सीमा समस्या र समाधान सम्बन्ध, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताका सम्बन्धलगायतका विषयमा स्थायी समितिको बैठकको छलफलको प्रस्तावमा समेटिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गर्ने विषय समेत छलफलमा प्रस्तावित छ । सरकार संविधानको रक्षा एवं कार्यान्वयन, राष्ट्रिय हित र स्वाधीनताको संरक्षण एवं सबलीकरण, स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको अनुशरण, लोकतन्त्रलाई जीवन पद्धतिका रूपमा अवलम्बन गर्ने प्रस्ताव छ ।

धधनेपाली भूमिबाट भारतीय फौज हटाउन र अतिक्रमित नेपाली भूमिमा नेपालको राजनीतिक तथा प्रशासनिक हकभोग स्थापित गर्न जरुरी रहेको अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो प्रस्तावमा उल्लेख गर्नुभएको छ । सरकारले सीमा अतिक्रमणविरुद्ध कदमको तत्काल प्रतिवाद गरेको उल्लेख गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीको बैठकबाट नेपालको नयाँ नक्सा प्रकाशन र यस प्रयोजनका लागि संविधान संशोधनसहितको ऐतिहासिक निर्णयका लागि प्रधानमन्त्री तथा सरकारलाई धन्यवाद प्रस्ताव गर्नुभएको छ । नेकपाले भारतलाई ऐतिहासिक तथ्यको सम्मान गर्न, सुगौली सन्धि अनुसार कालीपूर्वका सबै भूभाग नेपालका हुन् भन्ने यथार्थलाई स्वीकार गर्न र नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्वारा समस्याको समाधान गर्न अध्यक्षद्वयको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]