जेष्ठ ६, २०८१ आईतबार

देशभर स्वास्थ्य बीमा गर्नेको संख्या साढे ३१ लाख पुग्यो, झापामा सबैभन्दा धेरै

बिर्तामोड । देशभर स्वास्थ्य बीमा गर्नेको संख्या ३१ लाख ४० हजार १ सय ७७ पुगेको छ । बीमा कार्यक्रम ५८ जिल्लामा लागु भइसकेको छ ।

सात प्रदेशमध्ये प्रदेश १ मा बीमा गर्नेको संख्या धेरै छ । आजसम्मको तथ्याङक अनुसार प्रदेश १ मा बीमा गर्ने महिलाको संख्या ४ लाख ९७ हजार ६ सय ९६ र पुरुषको संख्या ४ लाख ५७ हजार ९ सय ९५ पुगेको छ । देशभर बीमा गर्ने जिल्लामध्ये झापा सबैभन्दा अगाडि छ । झापामा बीमा गर्नेहरु जम्मा ३ लाख ६९ हजार २ सय १६ पुगेका छन् । झापा पछि धेरै बीमा गर्ने जिल्लामा चितवन २ लाख ६७ हजार ८ सय, सुनसरी २ लाख ४६ हजार ४ सय २७ जना र पाल्पामा १ लाख ८३ हजार १ सय १६ जनाले स्वास्थ्य बीमा गरेका छन् । झापामा ०७४।७५ बाट शुरु भएको बीमा कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।

झापामा स्वास्थ्य बीमा गरेका नागरिकले मेची अञ्चल अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङा, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, एड्भान्स मल्टिस्पेसियलिटी दमक, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा सेवा पाउने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  १२ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]