जेष्ठ ६, २०८१ आईतबार

झापाका थप १४ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको तीन स्थानीय तहमा आज १४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा २ जना, मेचीनगरमा ३ जना र दमकमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसमध्ये २ जना भारतीय नागरिक छन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवारसम्म झापामा २२ हजार ८ सय १२ जनाको स्वाब संकलन भएको छ ।

जिल्लामा ३ जनाको कोरोनाकै कारण मृत्यू भएको छ भने जम्मा संक्रमितको संख्या ७ सय ३९ पुगेको छ । संक्रमित मध्ये ५ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  २ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]