बैशाख ७, २०८१ शुक्रबार

सिम्रिक साकोसद्वारा २ लाख २२ हजार उपचार सहयोग

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत र बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालको नेतृत्वमा अन्य कर्मचारी र बजार प्रतिनिधिहरु सम्मिलित टोलीले २६ सयदेखि १५ हजार रुपैयाँसम्म उपचार सहयोग हस्तान्तरण गरेको हो ।

सदस्य स्वयमको, उसका श्रीमान् वा श्रीमतीको, बुवा वा आमाको, छोरा छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको सदस्य राहत नीतिमा उल्लेख छ । सिम्रिकका शेयर सदस्यले गर्ने नियमित कारोबार, शेयर लगानी, आवधिक बचत आदिका आधारमा सदस्य राहत प्रदान गर्ने नीति रहेको तालिम विभाग प्रमुख विजय बस्नेत बताउँछन् ।

शुक्रवार बिर्तामोड क्षेत्रका सदस्यहरुलाई एक लाख चार हजार ९४८ रुपैयाँ उपचार राहत हस्तान्तरण गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले बताएका छन् । सदस्यहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत प्रदान गरिएको सेवा केन्द्र प्रमुख खनालले जानकारी दिएका छन् ।

योसँगै संस्थाले आइतबारदेखि शुक्रबारसम्म २ लाख २२ हजार ३३९ रुपैयाँ राहत तथा सुविधा प्रदान गरिएको छ । यहि साता मेचीनगरको जोरसिमलका दिपक क्षेत्रीको निधनमा संस्थाले राहत सुविधावापत दुई लाख २८ हजार ७०० रुपैयाँ पनि प्रदान गरेको थियो ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]