बैशाख ६, २०८१ बिहीबार

सर्पलाई अफिस र गाडी

काठमाडौं । सरकारी रकम खपतका लागि जिउँदै नेताको नाममा प्रतिष्ठान खोल्ने र वर्षेनी बजेट विनियोजन गराउने धन्दाको बल्ल खुलासा भएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित फाउण्डेशनले सर्लाहीमा सर्प पालनका नाममा पाएको भनिएको ७२ करोड निकासा काम गर्न नभएर बजेट पचाउन हो भन्ने बुझेका छन्, अर्थ मन्त्रालयका अधिकारीहरुले ।

वर्षैपिच्छे नयाँ आर्थिक वर्ष शुरु हुनासाथ अर्थ मन्त्रालयबाट दुईदेखि तीन करोड रुपैयाँ उक्त फाउण्डेशनले निकासा पाउँदै आएको थियो । तराईमा विकराल समस्याका रुपमा रहेको सर्पदंश र त्यसबाट बर्सेनि धेरै संख्यामा मानिस मरिरहेको खतरालाई दृष्टिगत गर्दै त्यसको उपचारका निम्ति वीष उत्पादन गर्ने योजना पेश भएको थियो । तर, धेरै वर्षदेखि यो कागजी योजनाका रुपमा मात्र रहँदै आएको छ । त्यो काम गर्न सबभन्दा पहिला जमिन चाहिन्छ । तराईमा हजारौँ विघा ऐलानी जमिन छन् । उक्त फाउण्डेशनले तीन बिघा जमिन खरिदका नाममा हिसाब किताब मिलान गर्न यसचोटि एकैपटक ७२ करोड रकमको निकासा पाएको हो ।

कस्तो अचम्मको हिसाब छ भने, सर्प पाल्नका लागि खुलेको अफिसको घरभाडामात्रै वर्षको एक लाख रुपैयाँ देखाइन्छ । जबकि, सर्प अफिसमा पालिँदैन । अनि, फाउण्डेशनको नाममा गाडी छ । जबकि, सर्प पाल्न गाडी पनि चाहिँदैन । जनआस्थाबाट साभार

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ११ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]