बैशाख १३, २०८१ बिहीबार

थप ११७३ जना कोरोना संक्रमित संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

यो सँगै नेपालमा  ३८ हजार ६ सय ९७ जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार  १ सय १७ रहेको छ। 

कुन प्रदेशमा कति डिस्चार्ज : – प्रदेश १ –३४४१, प्रदेश २– १०८३१, बाग्मती प्रदेशमा –७३८४, गण्डकी प्रदेशमा –२२१८, प्रदेश ५मा –६४६६, कर्णाली प्रदेशमा –२२८६, सुदूरपश्चिम प्रदेशमा ५८७१

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]