बैशाख ७, २०८१ शुक्रबार

सरकारले ओम्‍नीलाई कालोसूचीमा राख्यो

काठमाडौं : कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्‍नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ ।

स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि  ओम्नीलाई कालोसूचीमा राखेको हो। विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेको थियो ।

विभागले गत चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएको थियो। तर सेनाबाट भएको खरिद डिल पनि विवादित भएपछि सेना आफै पछि हटेको थियो। सरकारबाट जिम्मा पाएको झन्डै दुई महिनापछि सेनाले बजार मूल्यभन्दा महंगोमा समान भित्राएपछि त्यसको मूल्य र गुणस्तरमाथि प्रश्‍न उठेको थियो।

सेनामार्फत भएको सबा दुई अर्बको खरिद प्रक्रिया विवादित भएपछि सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयमार्फत गर्ने निर्णय गरिसकेको छ। कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी) को बैठकले असार ५ गते यस्तो निर्णय गरेको हो।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]