चैत्र १६, २०८० शुक्रबार

१०४ जनाद्वारा छालादान गर्ने घोषणा

इटहरी । पूर्वको विभिन्न ठाँउका १ सय ४ जना ब्यक्तिहरुले मृत्यूपछि छाला दान गर्ने घोषणा गरेका छन् । लायन्स क्लवअफ इटहरी सिटीकी कृष्टिना थापाको पहलमा एक हप्ताकै अवधिमा १ सय ४ जनाले छाला दान गर्ने इच्छा जनाउनुभएको हो ।

छालादान भनेको मृत्यूपछि छाती, पाखुरा,तिघ्रा ,पिडुला र ढाडबाट पातलो झिल्ली निकाल्ने प्रकृया हो । एउटा मानवशरीरबाट दान गरेको छालाबाट गहिरो जलन भएका ३ देखि ४ जना विरामीको उपचारका लागि मद्दत गर्न सकिन्छ । तर छालादान १६ बर्ष भन्दामुनिका, एचंआईभि÷एड्स, हेपटाइटिस , छालाको रोग भएका ,संक्रमण भएर मृत्युभएका र कमलपित्त्त भएर मृत्यु भएका ब्यक्तीहरुले गर्न मिल्दैन । छालादान मानिसले आफ्नो मृत्युपछिका लागि ईच्छापत्रमा हस्ताक्षार गरेर तथा मृत्युपछि परिवारका सदस्यहरुको सहमतिमा,मृत्यु भएको ६ घण्टा भित्र र बर्फमा राखिएको शरिरमा २४ घण्टा भित्र छाला दान गर्न सकिने सदस्य थापाले बताउनुभयो ।

नेपालमा विभिन्न कारणले जलन हुने विरामीको संख्या बढ्दै गएकाकारण लायन्स क्लवआफ इन्टरनेशनल डिस्ट्रिक 325 A1 Nepal सन २०१८/१९ देखि छालादानलाई आफ्नो प्रमुखकार्यको रुपमा प्राथमितामा राखि अगाडि बढाएको छ । क्लवले प्रत्येक वर्ष Skin Donation/ Skin Bank Chief तथा District Chairperson मनोनयन गरेर जिम्मेवारी दिई छालादान सम्बन्धि सचेतना कार्यक्रम गर्दै आएको छ । नेपालमा स्किन भारतबाट भित्राउने गरेको छ, जसले गर्दा बढी खर्च हुने र बिभिन्न कागजपत्रमा झमेला हुने गरेको छ । यस्ता समस्याहरु न्युनिकरण गर्न वार्षिक हजारौको संख्यामा छालादानका लागि ईच्छापत्रमा प्रतिवद्धता जनाउने गरेका छन् ।

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]