बैशाख ८, २०८१ शनिबार

कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने

काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ मापदण्डअनुसार बीमितलाई कोभिड–१९ सङ्क्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ ।

समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरूको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरूले सङ्क्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रूपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरूलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]