चैत्र १५, २०८० बिहीबार

काम नौ घण्टा, न्यूनतम ज्याला छैन

इलाम । २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् । उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ ।

वगान व्यवस्थापनले सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ३८५ रुपियाँ दिने गरे पनि त्यो श्रम गर्ने समयभन्दा बढी काम गर्दा मात्र पाउँछन् अर्थात् उनीहरू बाध्यकारी श्रममा पिल्सिएका छन् ।

त्रिवेणी सङ्घाई समूहले नेपाल सरकारबाट लिजमा लिएर सञ्चालन गरिरहेको वगानमा तोकिएको हरियो पत्ती नटिपे श्रमिकलाई प्रतिकिलो छ रुपियाँ घटाएर ज्याला दिने गरेको श्रमिकले बताएका छन् । वगान व्यवस्थापनले न्यूनतम ज्याला दिनुअघि हातले टिपेको चिया दैनिक १६ किलो र कैँचीले टिपेको २६ किलो पु¥याउनुपथ्र्यो ।

न्यूनतम ज्याला कार्यान्वयन गरेसँगै व्यवस्थापनले हातले टिपेको चिया प्रतिश्रमिक दैनिक २२ किलो र सानो मेसिनले टिपेको चिया दैनिक ५० किलो पु¥याउनुपर्ने नियम लागू गरेको छ ।
यो नियम लागू भएपछि धेरै श्रमिकले तोकिएको चियाको तौल पु¥याउनै नसक्दा न्यूनतम ज्याला दर पाउनबाट वञ्चित भएको श्रमिकले बताएका छन् । हामी आफू मर्कामा परेको कुरा बाहिर ल्याउँदा व्यवस्थापन पक्षले उल्टै सरुवा गर्ने, कामबाटै हटाउनेजस्ता धम्की दिन्छ । हामी शोषणमा परेका छौँ तर नाम नखुलाइदिनुहोला, उक्त वगानमा कार्यरत एक श्रमिकले भन्नुभयो, “यही कामबाट निस्कनुप¥यो भने हातमुख जोर्न समस्या छ । ”

श्रम ऐन २०७४ ले यी श्रमिकलाई ४५ दिन बिरामी बिदा दिने व्यवस्था गरे पनि यहाँका श्रमिकले त्यो बिदा सञ्चित गर्न नपाएको अर्का एक श्रमिकले जानकारी दिनुभयो । वर्षभरमा १२ दिन बिरामी बिदा पाइन्छ, त्यो बिदामा बिदा बस्यो भने बस्यो नत्र सञ्चित गर्न पाइँदैन, कटौती भएर जान्छ, ती श्रमिकले भन्नुभयो, “लगातार ३० दिन काममा उपस्थित हुन सकिएन भने व्यवस्थापनले स्पष्टीकरण सोधेर सोझै हटाउने गरेको छ, त्यस्ता घटना पनि भएका छन् । ”
कन्याम चिया वगानमा अहिले ६७ स्थायी श्रमिक र ३३ जना मौसमी गरी एक सय श्रमिक कार्यरत छन् तर वगानका प्रबन्धक आईके सिंह भने श्रमिकका विषयमा बोल्न चाहनुहुन्न ।

वर्षौंयता तोकिएको न्यूनतम ज्याला र विभिन्न सेवा सुविधा माग गर्दै चिया श्रमिकले आन्दोलन पनि गर्दै आएका थिए । यो वर्ष भने कामबाटै हटाउने डरले श्रमिक मौन बसेको पाइएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो ।
बिहान ८ः०० देखि बेलुका ५ः०० बजेसम्म काम गर्दा पनि न्यूनतम ज्याला पाउनमै श्रमिकले सङ्घर्ष गरिरहेका छन्, राईले भन्नुभयो, “नगरपालिकाले नेपाल सरकारलाई पटकपटक आग्रह गरेको छ । यो वगानको ५० वर्षे सम्झौता भङ्ग गरेर नगरपालिकालाई हस्तान्तरण गर । स्थानीय सरकार हाम्रो वगान सञ्चालन गर्न सक्षम छ । ”

राईले यहाँ कार्यरत श्रमिकले आफूहरू श्रम शोषणमा परेको, अधिकार हराएको र सुनाउने ठाउँ पनि नभएको गुनासो गरेको जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेका कन्यामसहित इलाम, सोक्तिम, चिलिमकोट, झापाका वर्ने, टोकला र बाह्रदर्शी गरी सात चिया वगानलाई सरकारले २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएको थियो ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]