बैशाख १३, २०८१ बिहीबार

झापामा बाढीले सात परिवार विस्थापित

बिर्तामोड – अविरल वर्षापछि झापाका विभिन्न खोलामा आएको बाढीले बुधबार ७ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले किनारका बस्ती कटान गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रदशी गाउँपालिका–७ तुल्सीबारी क्षेत्रमा बिरिङले कटान गर्दा ६ परिवार विस्थापित भएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले जनाएको छ । प्रहरीका अनुसार विस्थापितलाई नजिकैको स्कुल मैदानमा राखिएको छ । बिरिङकै बाढीले कन्काई नगरपालिका–८ स्थित त्रिवेणी टोलमा पनि कटान गरिरहेको छ । त्यहाँका ६ घरपरिवार डुबानको उच्च जोखिममा छन् ।

बाढीका कारण झापाका मेची, कनकाई, रतुवा आदि नदीको बहावसमेत बढेको छ । खासगरी दक्षिणी क्षेत्रका बस्ती डुबान हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै हल्दीवारी गाउँपालिका–३ देवी बस्तीमा देउनिया खोला पस्दा स्थानीय दिलबहादुर राईको परिवार विस्थापित भएको छ । बाढीले राईको घर भत्किएको छ ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रमा समेत मेची नदीले कटान सुरु गरेको छ । पाठामारीका प्रहरी जवान विजय मिश्रका अनुसार नेपाल–भारत सीमाको पिलर नम्बर ११२ आसपासमा करिब ७ मिटर कटान गरेका कारण नजिकैको बस्ती डुब्ने जोखिम बढेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ३ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]