बिके मसला उद्योगलाई २ लाख जरिवाना
तारा आचार्य
विराटनगर । लक डाउनको बाहानामा विराटनगरका बजारमा तरकारी ,खाद्यन्न लगायतको मुल्यमा वृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।

बिहीवार वाणिज्य कार्यालयको नेतृत्वको अनुगमन टोलीले विराटनगर वडा नं. १० शान्ति टोल स्थित बिके मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मुल्य अध्याधिक बडेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मुल्य १ हजार २ सय रुपैयामा विक्री भईरहेको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सो जरिवाना तोकेको हो ।
गरम मसलाको मुल्य करिब १६५ प्रतिशत बढी छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मुल्य लिएमा २ लाख देखि ३ लाख रुपैया सम्म जरिवाना लाग्ने कानुनी प्रावधान अनुसार पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ती मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधीक मुल्य बडेको गुनासो आएपछि अनुगमनलाई तित्रब्रता दिइएको छ ।
संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपभोक्तालाई ठगी गर्ने जथाभावी मुल्य लिने उद्योग व्यापारी सवैलाई अनुगमन गरी कारवाही गने बाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।