बैशाख ११, २०८१ मंगलबार

अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमितको प्रवेश

 बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द भएको छ ।बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।

हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । ‘संक्रमण फैलिन नदिन आवश्यक काम गरिएको छ’, उहाँले भन्नुभयो, ‘संक्रमित व्यक्ति कहाँ–कहाँ प्रवेश गरेका थिए, सोको यकिन गरेर निःसंक्रमण गरेका छौँ ।’

ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो ।

नगरपालिकाबाट प्रवाह गरिने अन्य सेवाहरु सुचारु रहेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताउनुभयो । ‘नगरबासीले तीन शाखा बाहेक अन्य सेवा पाउने छन्, स्वास्थ्य मापदण्ड पूरा गरेर नगरपालिकाको काम सुचारु रहनेछ’, उहाँले भन्नुभयो, ‘सबै वडा कार्यालयहरुको काम पनि जारी रहने छ ।’

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  १२ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]