बैशाख १४, २०८१ शुक्रबार

झापाका १४ सहित थप १३१३ जनाका कोरोना पुष्टि

झापा – नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ३ सय १३ जना भेटिएसँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो।  प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङ र तेह्रथुममा १/१, मोरङमा ६९, र सुनसरीमा २८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

प्रदेश २ को धुनषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीमा ३९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १६, तनहुँमा १७, नवलपरासी पूर्वमा २४, लमजुङमा ५, बाग्लुङमा ८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेश ५ को अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ६, प्युठानमा १३, बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देहीमा ६१ जनामा कोरोना पाइएको छ। 

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, सल्यानमा १४, सुर्खेतमा ९, सुदूरपश्चिमको अछाममा २५, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङमा २५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]