बैशाख १५, २०८१ शनिबार

मैले रुख काट्न लगाएको होइन, म त भैंसी चराउदै त्यहाँ पुगेको थिए : सांसद् बिर्ख प्रधान

बिर्तामोड । प्रदेश १ का सांसद् बिर्ख बहादुर प्रधानले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । इजलाससित कुरा गर्दै सांसद् प्रधानले सुखानीमा रहेको शहीद वाटिका भित्रको रुख कटानमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

उनले भने, मैले सुखानीलाई यहाँसम्म हुर्काए, आफैले हुर्काएको पार्कभित्रको रुख काट्न लगाउने कुरा म बाट असंभव छ ।
सांसद् प्रधान संलग्नतमा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको सहिद वन बाटिकाबाट सिसौका रूख काटेको खवर सार्वजनिक भएको थियो । उनले वाटिकाबाट कसैलाई रुख काट्न लगाएको विषय प्रमाणित गर्न चुनौति समेत दिएका छन् ।

लामो समय राजनीतिक जीवनसँगै सुखानीलाई यो ठाउँसम्म ल्याउन मैले योगदान गरेको छु । तर, वास्तविकता नबुझि मेरो चरित्र हत्या गर्ने काम भयो । उनले भने, ‘म भैंसी चराउदै त्यहाँ पुगेको थिए । कुन प्रक्रियावाट काटेको हो बुझिन । तर, रुख काट्दा नजिकैको वाल चै नलडाइदिनु भनेको थिए । काट्दै गरेकाहरुलाई वाल बचाएर काट्न भन्दा रुख नै मैले काट्न लगाएको भन्ने बुझिएछ ।’ उनले सबैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]