चैत्र १५, २०८० बिहीबार

प्रदेश १ का सांसद् बृख प्रधानद्वारा जारी प्रेस विज्ञप्ति

अर्जुनधारा नगरपालिका वडा नं ११, सहिद उद्यान पार्क परिसरको संरक्षणमा रहेको ३ वटा सिसौ जातको पूर्णतः सुकेको जिर्ण रुख गएको सोमबार ५ गते काटिएको सन्दर्भमा कुनै तथ्य–सत्यगत सवुत बिना मेरो भनाइसमेत नबुझी एकपक्षीय र व्यवसायिक मर्यादालाई पालना नगरी केही मिडियाहरुले म माथि लाञ्छना लगाएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

रुख कटान हुनुपर्छ भन्ने मेरो मान्यता होइन, आवश्यकताका आधारमा वृक्षारोपण समेत गर्नुपर्छ । म उधान ब्यवस्थापन समितिको अध्यक्षको रुपमा ३ कार्यकाल अध्यक्ष रहेर काम गर्दा सहिद उद्यान केन्द्रभित्र रहेको वनको योजनाबद्ध ढंगले व्यापक विस्तार एवं वृक्षारोपण समेत गदै आएको सबैमा सर्वविदितै छ । सुखानी सहिद उद्यानको निगरानीमा रहेको यो वन व्यवस्थापन स्वभाविक रुपमा भू–स्वामित्व नेपाल सरकारको र भोगाधिकार प्रतिष्ठानले नै गर्ने हो ।

यस सन्दर्भमा वस्तुस्थितिको तथ्यपरक अध्ययन होस् भन्ने म चहान्छु । विगत लामो समयदेखि नेपालका पाँच सहिदको रुपमा स्थापित सुखानी सहिद उद्यान केन्द्र सहिदको संम्झनाको केन्द्रको रुपमा प्रयोग गदै आएको यो क्षेत्रमा मेरो कार्यकालमा सामुदायिक भवन, पोखरी, कछुवा संरक्षण, प्रहरी चौकी स्थापना, पिकनिक स्पट निर्माण, झोलुङ्गे पुल, नाउँ संचालन, बालउद्यान जस्ता पर्यटन क्षेत्रको विकाससँगै यस क्षेत्रको पहिचानको लागि संक्रिय रुपमा खट्दै आएको आम जनसमुदायमा सर्वविदितै छ ।

मेरो बुझाईमा पार्क परिसरभित्रको कछुवा संरक्षणमा खतरा रहेको र जनधनको क्षति देखिने भएकाले ती रुखहरुको बारेमा सुखानी सहिद उद्यान केन्द्र समितिले आवश्यक छलफल समेत गर्ने गरेको छ । समितिको बैठकमा पनि ३ वटा रुख काट्ने सन्दर्भमा एजेण्डाको रुपमा प्रवेश गरेको र मौखिक सहमति समेत भएको मैले बुझेको छु ।

यसलाई अतिरञ्जित बनाएर कोरोना भाइरसविरुद्धको लडाई जिप्ने हाम्रो अभियानलाई विषयान्तर गर्न चाहने र हाम्रो पार्टीको नेतृत्वको सरकारले केही गर्न सकेन भनेर दुस्प्रचार गर्ने मनाशयका साथ यो विषयलाई उछालिएको विषय–प्रसंगले मेरो ध्यान खिचेको हो । यो आफैँमा गम्भीर ध्यानाकर्षणको विषय हो । यसको सुक्ष्म अध्ययन भइरहेको छ ।

मानवीय अस्तित्व रक्षाको यो असाधारण र असामान्य बेलामा देशदुनियाँ उच्च सर्तकता अपनाउँदै अहोरात्र खटिरहेको छ । झापा निर्वाचन क्षेत्र नः २(ख) क्षेत्रमा सरकार र पार्टीको हैसियतमा काम गर्दै आएको छु । यस्तो अवस्थामा मलाई रुख कटानसँग जोडेर निरुत्साहित गर्ने मनसाय प्रकट भएको प्रस्ट बुझिन्छ । सम्पूर्ण मानवजातिको सेवामुखी एउटा अपरिहार्य मिसनलाई प्रभावित हुन नदिई स्थानीय जनता र जनजाहना अनुसार सम्बन्धित निकायले यो विषयको व्यवस्थापन गर्न माग गर्दै घटनामा आफू दोषी देखिए कारवाही भोग्न तयार रहेको जानकारी गराउदै यस्तो बिषयमा समाजकै ध्यान खिच्नेगरी अफवाह फलैउदै मेरो चरीत्र हत्या गर्ने जो कोहिलाई पनि कानुन बमोजिम कार्वाही गर्न प्रशासन समक्ष माग गर्दछु । साथै यस्ता विषयमा राजनीतिक प्रतिशोध नसाँध्नु हुन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको व्यहोरा यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु ।

बृख बहादुर प्रधान
प्रदेश सांसद, झापा क्षेत्र नं.२ (ख)

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]