बैशाख १३, २०८१ बिहीबार

हल्दिवारीमा सूचनाको हक बारे अभिमुखिकरण

हल्दिवारी । प्रदेश १ का सांसद् पुर्णसिंह रावजंशीले सबै क्षेत्रमा खवरदारीको आवश्यकता भएको बताएका छन् । उनले खवरदारी विना पारदर्शिता संभव नहुने बताए ।

आज हल्दिवारी समावेशी युवा महिला संस्थाद्वारा आयोजित कोभिड–१९ तथा सूचनाको हक सम्बन्धि अभिमुखिकरणमा सांसद् राजवंशीले सरकारी निकाय र सार्वजनिक सरोकारका क्षेत्रमा खवरदारी गरेर जिम्मेवार बनाउन आग्रह गरेका छन् । उनले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको सूचनाको हक प्रयोग गरेर खवरदारी गर्न सकिने बताए । कार्यक्रमका प्रमुख अतिथी राजवंशीले सूचनाको हक सुशासनको आधार हुन सक्ने भन्दै सहभागीहरुलाई हकको व्यवहारिक प्रयोग गर्न सूझाव दिए । उनले सूचनाको हकको प्रयोग गरे पनि दुरुपयोग गर्न नहुने बताएका छन् ।

अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सूचनाको हक सम्बन्धि पत्रकार एवम् सूचनाको हकका अभियान्ता प्रदीप परियारले सहजीकरण गरेका थिए । उनले सूचनाको हकका बारे जानकारी गराउँदै त्यसको व्यवहारिक प्रयोग गर्न सहजीकरण गरेका थिए । कार्यक्रममा कोभिड– १९ का बारेमा हल्दिवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला र गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले गाउँपालिकामा सूचनाको हकको प्रयोगको अवस्थाबारेमा सहजीकरण गरेका थिए ।
संस्थाकी अध्यक्ष सरस्वती चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]