बैशाख ११, २०८१ मंगलबार

के नारीको स्वतन्त्रता खोसिएकै हो त ?

अर्जुनधारा / महिला हिंसाविरुद्ध झापा अर्जुनधाराका किशोरीहरुले प्रदर्शन गरेका छन् ।स्वस्फूर्तरुपमा सहभागिता जनाएका उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । अर्जुनधारा जलेश्वरधाम परिसरबाट सुरु भएको प्रदर्शनले शनिश्चरे बजारहुँदै, शनिश्चरे मावि, खानेपानी रोड, नगरपालिकाको कार्यालयहुँदै पुनः शनिश्चरे बजार पुगेर देवकोटा चौकमा चर्का नाराबाजी गरेका थिए ।

के नारीको स्वतन्त्रता खोसिएकै हो त ? भन्ने नारा लेखिएको व्यानर बोकेका युवतीहरुले घरभित्र र बाहिर हुने सबै प्रकारका महिला हिंसा, बलत्कार, एसिड प्रहारलगायतका हिंसाविरुद्ध प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागी प्रजिता बिक र तनुजा बाँस्तोलाले महिला हिंसाविरुद्धमा कविता बाचन गरिन् । केही सहभागीहरुले एसिड आक्रमणमा परेको डरलाग्दो आकृतिलाई अनुहारमा लिएर आएका थिए ।स्थानीय ओसिन राज्यलक्ष्मी भट्टराई नेतृत्वको किशोरीहरुको समूहले महिला हिंसाका विषयमा सरकार मौन बसेको भन्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न हिंसाका घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा मैन बत्ती बालेका थिए ।

सबै किशाेरीहरूले विराेधस्वरूप कालाे पाेशाक लगाएर प्रदर्शनमा सहभागी भएका थिए । किशाेरीहरूकाे प्रदर्शन अवधिभर शनिश्चरे प्रहरी चाैकी र अस्थायी ट्राफिक पाेस्टका सुरक्षाकर्मीले साथ दिएका थिए 

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ३ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]