बैशाख ८, २०८१ शनिबार

१६ वर्षीया किशोरी एक दिनका लागि बनिन् प्रधानमन्त्री

फिनल्याण्डमा १६ वर्षीया एक किशोरी एकदिनको लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् ।

बुधबार एकदिनका लागि प्रधानमन्त्री बनेकी मुर्टोको बुधबार विभिन्न राजनीतिकर्मीहरुसँग प्रविधिमा महिला अधिकारको विषयमा छलफल गर्ने कार्यक्रम थियो ।संयुक्त राष्ट्रसंघको विश्व युवती दिवसभन्दा पहिला फिनल्याण्डले लैङ्गकि समानताको लागि किशोरीलाई एक दिन प्रधानमन्त्री बनाएको हो ।

फिनल्याण्डले बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थाले सञ्चालन गरिरहेको विश्वव्यापी अभियानलाई साथ दिँदै किशोरीलाई एक दिनको लागि प्रधानमन्त्री बनाएको छ ।

यद्यपि फिनल्याण्ड आफैँ पनि सबैभन्दा धेरै लैङ्गकि समानता भएको मुलुकमध्येको एक हो । गत डिसेम्बर महिनामा मारिन विश्वकै सबैभन्दा कम उमेरकी सरकार प्रमुख बनेकी थिइन् ।फिनल्याण्डले यो ‘गर्ल्स टेकओभर’ अभियानमा साथ दिएको यो चौथो वर्ष हो । यो अभियानअन्तर्गत विश्वभरका किशोरीहरुलाई एक दिनको लागि राजनीति र अन्य क्षेत्रमा नेतृत्वको अवसर दिइने गरिएको छ ।

यस वर्ष युवतीहरुलाई डिजिटल सीप र प्राविधिक अवसरको खोजी गर्ने विषयलाई जोड दिइएको थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी मुर्टोले भनिन्, ‘कानुनको विषयमा केही नयाँ कुरा सिक्ने मौका मिल्यो ।’

मुर्टोले सांसदहरुसँगको अन्तक्रियामा प्रविधिको महिलाहरु पनि पुरुषको तुलनामा कम छैनन् र उनीहरु महत्वपूर्ण पनि छन् भन्ने कुरालाई मनन गर्न आग्रह गरेकी थिइन् ।उनले युवाहरुले प्रविधिको क्षेत्रमा वयस्क मानिसहरुलाई पनि सिकाउन सक्ने र उनीहरुले राम्रोसँग भविष्य सोच्न सक्ने पनि बताएकी थिइन् 

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]