जेष्ठ ५, २०८२ आईतबार

कोरोना निको हुनेको संख्या ७१,३४३ पुग्यो

देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर  ४,३६४ संक्रमित थपिएको जानकारी दिए । 

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]