बैशाख १४, २०८१ शुक्रबार

झापामा ४८ सहित देशभर ५ हजार ८ जनाका कोरोना पुष्टि

बिर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। गत २४ घण्टामा मात्र ५ हजार ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ११, भोजपुरमा ३, मोरङमा ३ सय ६९, संखुवासभामा ९ र सुनसरीमा ३ सय ९४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ३६, बारामा १०, महोत्तरीमा ११, रौतहटमा १७, सप्तरीमा ६, सर्लाहीमा १९ र सिरहामा १८ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १ सय जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३५, चितवनमा १ सय ४७, दोलखामा ८, धादिङमा ३८, नुवाकोटमा ४०, भक्तपुरमा २ सय ३, मकवानपुरमा ५४, रसुवामा ३, रामेछापमा ५, ललितपुरमा ३ सय ६९, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४८ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५१, गोरखामा २५, तनहुँमा ५५, नवलपरासी पूर्वमा ३६, पर्वतमा ३, म्याग्दीमा ७, लमजुङमा २, बागलुङमा १२ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ। 

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका १५, कपिलवस्तुका १०, गुल्मीका ७, दाङका ९३, नवलपरासीका ३१, पाल्पाका ३७, प्युठानका ४२, बर्दियाका ६, बाँकेका ४५, रुकुम पूर्वका २, रोल्पाका ५ र रुपन्देहीका २ सय १५ जना छन्। 

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा १०, रुकुम पश्चिममा ११, सल्यानमा १२ र सुर्खेतमा १ सय ३४ जनाका कोरोना भेटिएको छ। 

सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा १८, कैलालीमा ३५, डोटीमा ३, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]