बैशाख ८, २०८१ शनिबार

लैला र टिकुले खोज्दैछ कनकाईमा युवकको हत्यारा

कनकाई । झापा कनकाई नगरपालिका–३ एकान्त टोलमा २२ वर्षीय युवकको हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।

आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा फेला परेको अभिषेक चौधरीको शव हत्या भएको आशंकामा प्रहरीले धरानबाट ल्याएको लैला र टिकु नामक कुकुर प्रयोग गरेर घटनामा संलग्नको खोजी गरेको छ ।

लैला र टिकुले घटनास्थलबाट पूर्व खोला पारी १ किलोमिटरसम्म टाढा पुगेर एउटा सानो खोल्सासम्म प्रहरीलाई पुर्याएको छ । हत्यामा संलग्नहरुले खोल्सासम्म पुगेर धोइपखाली गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।

सुरुङा खोला किनारको बाँस घारीमा भेटिएको शव कनकाई ३ का अभिषेक चौधरीको रहेको प्रहरीले जनाएको छ । विहानै घास काट्न जानेहरुले शव देखेका थिए । मंगलवार राती ९ बजे साथीहरुसँग हिडेका चौधरीको विहान शव भेटिएको थियो । प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा केहि युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार युवकको शव पोष्टमार्टका लागि धरान पठाइएको छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ३ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]