चैत्र १६, २०८० शुक्रबार

अभिषेक चौधरी हत्या प्रकरण : १२ घण्टा नवित्दै हत्यामा संलग्नहरु पक्राउ , साथीहरु नै संलग्न

बिर्तामोड । बुधबार विहान मृत अवस्थामा फेला परेका झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका अभिषेक चौधरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शव फेला परेको १२ घण्टा नवित्दै हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कधार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्नलाई बुधबार राती नै पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु चौधरीकै साथीहरु रहेको खुलासा भएको छ । प्रहरीले आज १० बजे पत्रकार सम्मेलन गरेर घटनामा संलग्नहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

साथीहरुले २२ बर्षीय चौधरीलाई घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुङा खोला नजिकै भेटिएको शव आसपासमा रुमाल र स्टिलको प्लेट समेत फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन बुधबार दिउँसो धरानबाट तालिम प्राप्त कुकुर लैला र टिकु ल्याएर सहयोग लिएको थियो ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]