बैशाख ७, २०८१ शुक्रबार

प्रजापति सामुदायिक वनमा उपभोक्ता र नेतृत्वबिच विवाद

बिर्तामोड । कनकाई नगरपालिका –१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहको ३४ औं भेलामा विवाद भएको छ । भेलाले गरेको निर्णय माइन्यूट गर्ने सन्दर्भमा उपभोक्ता र कार्यसमितिका नेतृत्व बिच बिवाद भएको हो ।

बिहीवार भएको भेलाले आगामी निर्वाचनका लागि निर्वाचन समिति बनाउन माग गरेको थियो । वर्तमान कार्यसमितिको समयावधि पुस मसान्तदेखि सकिने भएपछि नयाँ समितिको लागि उपभोक्ताले निर्वाचन समिति बनाइनु पर्ने माग राखेका थिए । छलफलमा समिति बनाउने सहमति भएको थियो । तर, माइन्यूट लेखन समितिले लिखित गर्न थालेपछि प्रजापतिका अध्यक्ष सुर्य कुमार थापा र सचिव मेनुका श्रेष्ठले माइन्यूट खोसेर भागेको उपभोक्ताले आरोप लगाएका छन् ।

वनका उपभोक्ता मिलन दाहालले थापा नेतृत्वको समितिको समय सकिन लागेपछि नयाँ समितिका लागि प्रक्रिया अघि बढाउन माग गरेको बताए । उनका अनुसार निर्वाचन समिति बनाउन उपभोक्ताले माग गर्दा अध्यक्ष र सचिवले माइन्यूट लिएर जानु निन्दनीय भएको छ । उनले माइन्यूट खोसेर उपभोक्तामाथि बेठिक गरेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष र सचिव उपभोक्ताको अपेक्षा विपरित हिडेपछि वडाध्यक्ष रोशन पोखरेलको रोहवरमा मुचुल्का तयार गरिएको छ । माइन्यूट लेखन समितिका सदस्य मोहन प्रसाद खतिवडा र रमेश पोख्रेलले घटनाबारे मुचुल्का तयार गरेका हुन् । उपभोक्ताले हस्ताक्षर गरेको मुचुल्का सम्बन्धित निकायमा कारवाहीका लागि पेश गर्ने दाहालले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]