बैशाख १५, २०८१ शनिबार

कनकाईमा सुरक्षा व्यवस्था बारे छलफल

सिएम शर्मा

सुरुङा । इलाका प्रहरी कार्यलय सुरुङ्गाले कनकाई नगरमा संभावित अपराधिक गतिविधिलाई मध्यनजर गर्दै न्यूनिकरणका लागि शान्ति , सुरक्षा विषयक अन्तरक्रिया गरेको छ ।
नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा विभिन्न किसिमका घटना हुनसक्ने भएकोले त्यसको न्यूनिकरण गर्नको लागि ईलाका प्रहरी कार्यलय सुरुङ्गाले सुरक्षा सतर्कताका सन्दर्भमा छलफल गरेको हो ।

कोरोनाका बिच चाडपर्व कसरी मनाउने ? शान्ति सुरक्षालाई कसरी ब्यवस्थित गर्ने ? भय रहित र हिंसा रहित कसरी बनाउने भन्नेमा बिषयमा छलफल केन्द्रित अन्तरक्रिया कार्यक्रममा नगरका प्रत्येक वडाका टोल समिति देखि वडा सदस्य , वडा अध्यक्षसँग शान्ति सुरक्षाका बिषयमा तत्कालै छलफल राखेर शान्ति सुरक्षा कायम गर्न सबै नागरिकले आफ्नो जिम्मेवारी पूरा गरि प्रशासनलाई सहयोग गर्न अनुरोध गरिएको इलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख पदम सुन्दर लिम्बुले जानकारी दिए । सम्पूर्ण नगरवासीलाई समाजमा खलल् मच्चाउने , कानुनले निषेध गरेका कार्यहरु नगर्न नगराउन अनुरोध गरिएको छ ।

अन्तरक्रियामा बोल्दै कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले चाडपर्व नजिकिदै जाँदा हुनजाने भिडभाडका कारण कोभिड १९ ले तीब्र रुपमा फैलन सक्ने भन्दै आम नगरवासीमा भीडभाड नगरी , सुरक्षा नीतिलाई स्विकार्दै एकाघर भित्र चाडपर्व मनाउन अपिल गरेका छन् । त्यस्तै लागुऔषध , दुव्र्यशनी पनि सुरक्षामा चुनौती भएको बताए । चाडपर्वलाई लक्षित गरि शान्ति सुरक्षाको लागि प्रहरीले ल्याएका कार्यक्रममा नगरले पुर्ण सहयोग गर्ने पनि नगर प्रमुख पोखरेलले प्रतिबद्धता जायर गरेका छन् ।

विभिन्न राजनीतिक दलका प्रमुख , सामाजिक संघ संस्थाका प्रमुख , सामुदायिक वनका प्रमुख , बुद्धिजीवी समाजसेवी , संचारकर्मीको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा जिल्ला सचिव मणिकुमार साङ्पाङ्ग बिजय , नेपाली काङ्ग्रेस नगर सभापति नेत्रप्रसाद चिमरिया , राप्रपा नगर अध्यक्ष ज्योति कुमार उप्रेती , साझा पार्टी नगर संयोजक राजकुमार फुयाल , संघ संस्थाको तर्फबाट लायन्स क्लव अफ कनकाइ सुरुङ्गाका अध्यक्ष मनोज बस्नेत , सामाजिक ब्यक्ति गोकर्ण ओझा , सामुदायिक वन तर्फबाट कनकाइ सामुदायिक वनका अध्यक्ष ख्याम ओली , सुरुङ्गा बजार व्यवस्थापन समिति अध्यक्ष टीका पोखरेल , संचारकर्मीको तर्फबाट लिलाराज झापाली लगायतले ईलाका प्रहरी कार्यलय सुरङ्गाका प्रमुख पदम सुन्दर लिम्बु नेतृत्वको टिमले ईलाका क्षेत्रमा गरेको शान्ति सुरक्षा र लागुऔषध दुव्र्यसनी नियन्त्रणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै सुरक्षा सतर्कता र चुनौति बिषयमा आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]