बैशाख १२, २०८१ बुधबार

दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा टल्किने फिता लगाइयो

बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ ।

होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेका हुन् । कुकुरकै कारण हुन सक्ने सडक दुर्घटना कम गर्न कुकुरको घाँटीमा टल्किने फिता जोड् थालिएको सो संस्थामा आवद्ध नवराज तिम्सिनाले जानकारी दिए ।

झापाको काँकरभिट्टाबाट शुरु गरिएको अभियानमा पहिलो दिन ५५ वटा सामुदायिक कुकुरको घाँटीमा टल्किने फिता लगाइएको छ । रातको समयमा सडकमा बरालिने कुकुरका कारण दुर्घटना हुने भएकाले मानव र कुकुरको सुरक्षाका लागि सो फिता घाँटीमा बाँधिएको हो । पहिलो दिन काँकरभिट्टाको मेची डाँडा हुँदै भट्टराई चोकसम्म अभियान सञ्चालन गरिएको छ । सो अभियान सोमवार र मंगलवार समेत सञ्चालन हुने भएको छ ।

मुख्य शहर र सडकहरुमा देखिने पशुमध्ये कुकुरको संख्या धेरै हन्छ । कुकुरको जीवन नै होइन जस्तै गरी हेला गरिएकाले त्यसको संरक्षणका लागि युवाहरु जुटेको तिम्सिना बताउँछन् । मान्छेबाट कुकुर असुरक्षित हुँदै गएकाले संरक्षणमा जुटेको कुकुरप्रेमी युवाहरुको भनाई छ । सडकमा बचाउन सकिने अवस्था रहेपनि कुकुरलाई गाडिले हानेर मारिदिने जस्ता क्रियाकलाप बढ्दै जानु दुःखद् रहेको उनको भनाई छ । कुकुरलाई छिछि दुरदुर गर्ने, खान नदिने, कुट्ने मार्ने जस्ता गतिविधि बढेकोले उचित संरक्षणका लागि होप फर एनिमल्स नेपाल स्थापना गरेको बताइएको छ ।

पहिलो चरणमा टल्किने फिता लगाइदिएका छौं, तिम्सिनाले भने – अब सामुदायिक कुकुरलाई ट्याक लगाउछौं र स्वास्थ्योपचार गर्छौ ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]