जेष्ठ १, २०८२ बुधबार

मन्त्री कार्कीलाई कोरोना पुष्टि

बिर्तामोड । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्री कार्कीले आफुमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल मार्फत उहाँले संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

कन्ट्याक्ट टे«सिङमा परेर असोज २९ गते पहिलो पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । पछिल्लो केहि दिनदेखि सामान्य रुघाखोगीले ग्रस्त बनाएपछि होम आइसोलेशन बस्नु भएका मन्त्री कार्कीले विहीवार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उहाँका अनुसार स्वास्थ्य अवस्था सामान्य छ । कोरोना पोजेटिभ देखिएपछि मन्त्री कार्कीले आफुसँग सम्पर्कमा आउनेहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]