चैत्र १६, २०८० शुक्रबार

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । 

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए ।  नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।

रोहनप्रीतले पनि नेहाकै कलरको शेरवानी लगाएका थिए । नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ । भिडियोमा नेहा र रोहनप्रीत एकअर्कालाई बरमाला लगाउँदै गरेको समेत देख्न सकिन्छ । विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो । 

नेहाले केही अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ । 

प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार  १२ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]