बैशाख ७, २०८१ शुक्रबार

झापामा थप ११४ जनामा कोरोना पुष्टि : स्वास्थ्य मन्त्रालय

झापा । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ५६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

प्रदेश १ को इलाममा ८, उदयपुरमा १२, झापामा ११४, धनकुटामा ६, भोजपुरमा ३, मोरङमा २ सय ५७, संखुवासभामा ९,सुनसरीमा १२९ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १३, बारामा १, महोत्तरीमा १०, रौतहटमा ३, सप्तरीमा १८, सर्लाहीमा ४ र सिरहामा १० जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय २५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४, चितवनमा १सय ३४, दोलखामा २, धादिङमा २७, नुवाकोटमा ६०, भक्तपुरमा १ सय ६३, मकवानपुरमा ६८, रसुवामा १०, रामेछापमा     १, ललितपुरमा १ सय ४७, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको गोरखामा ६, तनहुँमा २९, नवलपरासी पूर्वमा १ सय ६, पर्वतमा २, लमजुङमा ६, बागलुङमा २४ र स्याङजामा ४ जनामा कोरोना भेटिएको छ। 

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को अर्घाखाँचीका २, कपिलवस्तुका ४, गुल्मीका १, दाङका ८४, पाल्पाका २, बर्दियाका ३, बाँकेका २२, रुकुम पूर्वका १ र रुपन्देहीका २ ५जना छन्। 

यस्तै, कर्णाली प्रदेशको रोल्पामा २, दैलेखमा ५,रुकुम पश्चिममा १ र सल्यानमा जनामा कोरोना भेटिएको छ। 

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा ११, कैलालीमा ५६ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

कुल संक्रमितमध्ये ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन् । देशभर हाल ३ हजार ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : कार्तिक ९, २०७७ आईतबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]