बैशाख २७, २०८१ बिहीबार

परिवारसँग सम्पर्क नहुँदा कुवेतमा ज्यान गुमाएकी महाभाराकी सुमित्राको शव नेपाल ल्याउन कठिन

झापा । घरेलु कामदारको रुपमा कुवेत पुगेकी झापाकी ४१ वर्षीया सुमित्रा जबेगु लिम्बूको ज्यान गएको तीन हप्ता बितिसक्दा समेत शव नेपाल ल्याउन सकिएको छैन ।
लिम्बूको परिवार र आफन्तसँग सम्पर्क हुन नसक्दा शव नेपाल पठाउन नसकिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।


बिरामी भएपछि उपचारको लागि भर्ना गरिएकी सुमित्राको उपचारको क्रममा जेठ १४ गते ज्यान गएको थियो । उहाँ ६ वर्षअघि श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा कुवेत पुग्नुभएको दूतावासले जनाएको छ ।
पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुवरी २७ मा जारी गरिएको राहदानीमा सुमित्राको भाइको नाम नैना लिम्बू र स्थायी ठेगाना महाभारा–३ झापा उल्लेख छ । तर परिवारसँग अझै सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले भन्नुभयो, ‘मृतक सुमित्राको शवलाई नेपाल पठाउने सबै कानुनी प्रक्रिया पूरा भैसकेको छ । तर परिवार वा आफन्त कोहीसँग सम्पर्क हुन नसक्दा शर्व नेपाल पठाउन सकिएको छैन ।’
सुमित्रा या उहाँको परिवार र आफन्त चिन्नेहरुले नेपाली दूतावास कुवेतको हटलाइन नम्बर ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  २ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]