जेष्ठ १, २०८१ मंगलबार

भोलीदेखि दिन छोटो र रात लामो हुने

बिर्तामोड । आज जून २१ तारिख । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाण्डौमा ५ बजेर ९ मिनेट जाँदा सूर्याेदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ ।


सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्छ । यसपालि आजको दिन लामो हुने भएको हो । भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ ।

यस्तै, आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको पनि मानिन्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]