जेष्ठ १, २०८१ मंगलबार

घरैपिच्छे क्यान्सरको जोखिम छ, ख्याल गर्नुस् : मन्त्री घिमिरे

बिर्तामोड । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेले घरघरमा क्यान्सर भित्रिन थालेको बताएका छन् ।

उनले अखाद्य खानपानले हरेक परिवार क्यान्सरको जोखिममा परेको बताए । शुक्रवार झापाको बिर्तामोडमा स्वस्थ्य जीवन प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै उनले स्वास्थ्य नै अमुल्य सम्पत्ति भएको जिकिर गरे ।
सामाजिक विकास मन्त्रालयले प्रदेस १ मा नागरिकको स्वास्थ्य जीवनका लागि यो अभियान थालेको मन्त्री घिमिरेको भनाई छ । उनका अनुसार दैनिक जीवन शैलीमा सुधार ल्याउन सकेमा स्वस्थ्य जीवनयापन गर्न सकिने छ ।


स्वस्थ खानेकुरा खान र नियमित शारिरिक व्यायाम गर्न मन्त्री घिमिरेले प्रदेशका नागरिकलाई आग्रह समेत गरेका छन् । अस्वस्थ्य जीवनशैलीले आर्थिकभार बढ्ने भन्दै बेलैमा सचेत रहेर बचत गर्न सूझाव दिए ।


सोहि अभियानका सद्भावना दूत सिताराम कट्टेल धुर्मुसले पहिलो सम्पत्ति स्वास्थ्य रहेकोले स्वास्थ्यको सुक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले विषादिका कारण नागरिकको दैनिकी कष्टकर भएको बताए । उनले आफ्नै बारीमा अर्गानिक उत्पादन गरेर खानपिन गर्न आग्रह गरेका छन् ।
स्वस्थ्य जीवन प्रवद्र्धन अभियान प्रदेश सरकारले झापाबाट प्रारम्भ गरेको हो । मुख्यमन्त्रीबाट शुभारम्भ गरिने भनिएपनि कार्यक्रममा मुख्यमन्त्री शेरधन राई उपस्थित भएनन् ।
झापा र मोरङमा पहिलो चरणमा सञ्चालन गरिने अभियान प्रदेशका १४ जिल्लामा सञ्चालन गरिने कार्यक्रम संयोजक तीर्थराज आचार्यले जानकारी दिए ।


प्रदेश १ सरकारले शुक्रबारदेखि नै झापाको बिर्तामोडमा सात दिने योग शिविर पनि शुरु गरेको छ ।
‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँचवटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै अभियान सञ्चालन गरिने छ ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  ४ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]