बैशाख १३, २०८१ बिहीबार

भिटेनले मागे माफी

काठमाडौँ । ‘पारा’ गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर विवाद भएपछि भिटेनले माफी मागेका छन्।

कात्तिक ८ गते भिटेनको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा प्रयोग गरिएका शब्दहरूलाई लिएर उनको आलोचना भएको थियो। भिटेनले उक्त र्‍याप भिडियोमा प्रहरीलाई गाली गरिएको थियो भने प्रहरीको गाडी विस्फोट गराएको देखाइएको थियो। यस्तै प्रहरीलाई ‘डण्ठे’ भन्नुका साथै अन्य अश्लील शब्दको समेत प्रयोग गरिएको थियो।

गीत विवादमा परेपछि प्रहरीले भिटेनको उक्त गीतको बारेमा अनुसन्धान सुरु गरेको थियो। त्यस लगतै युट्युबबाट उनको गीत हटाइएको थियो।

आधिकारिक फेसबुक अकाउन्टमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै भिटेनले आपत्तिजनक शब्द हटाएर संशोधित गीत सार्वजनिक गर्ने बताएका छन्। यस्तै, उनले यसअघिको सार्वजनिक भएर युट्युबबाट हटाइएको गीत अनधिकृत रूपमा अन्य च्यानलमा नराख्न समेत आग्रह गरेका छन्।

प्रकाशित मिति : कार्तिक १५, २०७७ शनिबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]