बैशाख ३०, २०८२ मंगलबार

झापामा कोरोनाबाट ४६ जनाको मृत्यू, ७६ संक्रमित थपिए

बिर्तामोड । झापामा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ५ जनाको कोरोनाको कारण मृत्यू भएको छ ।

योसँगै झापामा संक्रमितको संख्या २ हजार ९५ पुगेको छ । हालसम्म निको भएर घर फर्किनेको संख्या १३ सय ७ जना रहेका छन् । जम्मा कोरोनाबाट मृत्यू हुनेको संख्या ४६ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा बिर्तामोडमा ५, मेचीनगर ६, कमल ११, गौरादह ३, शिवसताक्षी २, कनकाई १, बुद्धशान्ति १, अर्जुनधारा १, बाह्रदशी १ र दमकमा ४५ जना रहेका छन् । सबै संक्रमित स्थानीय हुन् ।

आज मृत्यू हुनेहरुमा कमलका ७५ वर्षीय पुरुष, गौरादहका ७४ वर्षीय पुरुष, शिवसताक्षीका ३८ वर्षीय पुरुष, दमकका ६७ र ४९ वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]